उपभोक्ता ठग्ने दरबार मार्गका चार ब्राण्डेड पसलमा शिलबन्दी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपभोक्ता ठग्ने दरबार मार्गका चार ब्राण्डेड पसलमा शिलबन्दी


प्रशासन विशेष ब्युरो

१९ भाद्र २०७४, सोमबार


काठमाडौं । आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दरबारमार्गका चार पसल शिलबन्दी गरेको छ।

सोमबार दिउँसो मन्त्रालय र विभागको संयुक्त टोलीले दरबारमार्गका स्टोर वान, नाइक, पुमा र बेन्टले पसलमा शिलबन्दी गरेको हो।

आपूर्तिमन्त्री शिवकुमार माण्डलका अनुसार ती पसलले ‘सेल’ को नाममा ग्राहकलाई ठगेको बताएका छन्। शिलबन्दी गरिएका पसलले ९ सयदेखि २३ सय प्रतिशतसम्म नाफा खाएको भन्दै ती पसलमा शिलबन्दी गरिएको मण्डलले बताए। उनले उपभोक्त ठग्ने पसलेलाई कडा कारबाही गरिने जानकारी दिए।

विभागका महानिर्देशक कुमार दाहालले अनुगमनको क्रममा १ हजार पर्ने कपडा ४ देखी ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइएको बताए। ‘बिनाबिल यसरी उपभोत्ता ठगेका कारण चारै पसलमा शिलबन्दी गरेको हौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस