काठमाडौं । एक वर्षअघि पठाएको लोकसेवा आयोग विधेयक २०७३ पारित गर्न सरकारले बेवास्ता गरेपछि आयोग सरकारसँग रुष्ट भएको छ ।
संविधानले जिम्मेवारी धेरै थपेपछि आयोगले सोहीअनुसार जिम्मेवारी वहन सहज पार्न लोसेवा आयोग विधेयक २०७३ सरकारसमक्ष पठाएको थियो । तर, सरकारले विधेयक पारित गराउनुको साटो विफल बनाउन लागेको भन्दै आयोग सरकारसँग रुष्ट बनेको हो । विधेयक पारित हुन नसक्दा आयोगलाई काम गर्न कठिन भइरहेको आयोगले जनाएको छ ।
आयोगले काम, कर्तव्य र अधिकारसहित व्यवस्था गरिएको लोकसेवा आयोग विधेयक २०७३ संसद्मा दर्ता गराए पनि सरकारले छलफलको कुनै पहल नगर्दा एक बर्षदेखि संसद्मा थन्किएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।