आयल निगम जगग्गा खरिदमा बेथिति, मन्त्रीको आलटाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आयल निगम जगग्गा खरिदमा बेथिति, मन्त्रीको आलटाल


१९ भाद्र २०७४, सोमबार


काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषीमाथि कारबाही सिफारिस गरेको विषय आफूलाई जानकारी नभएको भन्दै आपूर्तिमन्त्री शिवकुमार मण्डलले उम्किने प्रयास गरेका छन् ।

मन्त्री मण्डलले शनिबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा यस विषयमा आफूलाई सार्वजनिक लेखा समितिको पत्र प्राप्त नभएको बताएका हुन् । मन्त्री मण्डलले उम्किन यस्तो बताए पनि लेखा समितिले साउन २२ गते आपूर्ति मन्त्रालयलाई उक्त निर्णयको पत्र बुझाएको प्रमाण भेटिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस