२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामी घर फर्केपछि मात्रै आउँछ:राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट

अ+ अ-

काठमाडौं । अस्पतालबाट बिरामी निको भई घर पुगेपछि मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट चिकित्सकको हातमा पुग्ने गरेको छ । समयमा रिपोर्ट नआए पनि धेरैजसो बिरामी निको भएर घर फर्कने गरेका छन् । बिरामीले आफूलाई लागेको रोगबारे जानकारीसमेत पाउँदैनन् ।

कतिपय बिरामी रिपोर्टपछि त्रसित बन्ने गरेको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा। शेरबहादुर पुनले बताए । ‘हामीले अनुभवका आधारमा बिरामीलाई औषधि चलाएका हुन्छौँ,’ पुनले भने, ‘बिरामी निको भएर घर जान्छन्, पछि रिपोर्टमा स्वाइनफ्लु, स्क्रब टाइफस पोजेटिभ देखिन्छ । फ्लोअपमा आउँदा रोग थाहा पाउँछन्, कतिपय अस्पतालमै बेहोस हुन्छन् ।’

नमुना परीक्षण गराउने बिरामीको संख्या सोचेभन्दा बढी भएकाले रिपोर्टमा ढिलाइ भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । अहिले निजी र सरकारी सबै स्वास्थ्य संस्थाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना आउने गरेका छन् । ‘त्यसैले हामीले समयमा रिपोर्ट दिन नसकेका हौँ । भएका उपकरण प्रयोगमा ल्याएर भरपुर सेवा दिएका छौँ,’ प्रयोगशालका उपमहानिर्देशक विष्णु उपाध्यायले भने । हाल स्क्रब टाइफस, मौसमी इन्फ्लुएन्जाका बिरामी बढी देखिएकाले देशभरिका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रित भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

0 Comments