कर्मचारी सरुवा छानविन गर्न उच्चस्तरीय समिति गठन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी सरुवा छानविन गर्न उच्चस्तरीय समिति गठन


प्रशासन विशेष ब्युरो

१७ भाद्र २०७४, शनिबार


काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहित छल्दै बुधबार मध्यराति गरेको कर्मचारी सरुवा विवादित बनेपछि छानविन गर्न समिति गठन गरेको छ ।

सह सचिव शिबराम न्यौपानेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमा उपसचिव नमराज घिमिरे, शालिकराम दाहाल र ट्रेड युनियनका प्रतिनिधि छन् । यद्यपि निजामती सेवा ऐनअनुसार सामान्यले आफैले गरेको सरुवा आफै रद्य गर्न पाउँदैन । अन्य मन्त्रालयले गरेको गैरकानुनी सरुवा सद्य गर्ने अधिकार भए पनि सामान्यले गरेको गैरकाननुनी सरुवा रद्य गर्ने अधिकार भने मन्त्रिपरिषद्लाई मात्रै छ ।

मन्त्रालयले कार्यालय सहयोगीदेखि उपसचिव सम्म २ सय ५६ जना कर्मचारीको रातारात सरुवा गरेको थियो । सरुवा गैरकानुनी र नियमविपरीत भएको भन्दै कर्मचारीसम्बद्ध ट्रेड युनियनहरु बिरोधमा उत्रेका थिए । जसका कारण बिहिबार दिनभर सामान्य प्रशासन मन्त्रालय तनावग्रस्त रह्यो । लगत्तै सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले सरुवाबारे छानविन गर्ने प्रतिबद्धता जनाएपछि ट्रेड युनियनहरु शान्त बनेका थिए ।

शुक्रबार सामान्य प्रशासनमन्त्री, राज्यमन्त्री, सचिवलगाएत मन्त्रालयका पदाधिकारी र ट्रेड युनियका पदाधिकारीबीच दिनभर भएको वार्तामा सरुवा छानविन गठन गर्ने सहमति भएको आधिकारीक ट्रेड युनियका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिएको खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस