को–को भिड्दैछन् महानगरमा ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

को–को भिड्दैछन् महानगरमा ?


प्रशासन विशेष ब्युरो

१७ भाद्र २०७४, शनिबार


काठमाडौं । प्रदेश २ को एक मात्र महानगर वीरगन्जका लागि सबै दलको उम्मेदवारी करिब टुंगो लागेको छ ।

मधेसको मुख्य नाका र देशकै ‘लाइफ लाइन’ रहेको सहरको नेतृत्व लिन मुख्य दलबीच तीव्र होड छ । उम्मेदवारको नाम औपचारिक घोषणा नभए पनि क–कसबीच प्रतिस्पर्धा हुने भन्ने करिब निश्चित छ ।

कांग्रेसले अजय द्विवेदीलाई मेयर उम्मेदवार बनाउने तय गरेको छ । उपमेयरमा शान्ति कार्कीलाई अघि सारिएको छ । एमालेले बसिरुद्धिन अन्सारीलाई अघि सार्ने तयारी गरेको छ । स्थानीय कमिटीबाट सर्वसम्मत रूपमा उनको नाम आइसकेको छ । केन्द्रबाट घोषणा हुन मात्र बाँकी छ ।

माओवादी केन्द्रले युवा नेता रहबर अन्सारीलाई प्रमुखका रूपमा अघि सार्ने तयारी गरेको छ । राजपाले विमलकुमार श्रीवास्तवलाई अघि सार्ने भएको छ । संघीय समाजवादी फोरमले विजयकुमार सरावगीलाई प्रमुखमा अघि सार्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस