भवन निर्माणका लागि हरेक स्थानीय तहलाई थप ६ करोड दिइने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भवन निर्माणका लागि हरेक स्थानीय तहलाई थप ६ करोड दिइने


१७ भाद्र २०७४, शनिबार


काठमाडौं । स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ । अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले वडा कार्यालय निर्माणका लागि पनि हरेक वडालाई पनि थप १ करोड अनुदान दिने बताएको छ । गाउँपालिका महासंघको प्रदेश नं. ३ र ४ का प्रतिनिधिसँग भएको भेटमा मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तह नयाँ संरचना भएकाले भवन निर्माणका लागि बजेट आवश्यक परेको बताएका छन् ।

उनले थप बजेटबाट स्थानीय तहले भवन निर्माण र जग्गा खरिद गर्न सक्ने बताए । जनप्रतिनिधिका लागि सवारीसाधनको व्यवस्था गर्ने प्रक्रिया थाल्न कार्यदल गठन गरिएकोसमेत सचिव थपलियाले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस