काठमाडौं । गृहमन्त्री जनार्दन शर्माका निजी सचिव अर्नुन भण्डारीले सिंहदरबारभित्रै ड्राइभिङ सिक्ने क्रममा सरकारी गाडी क्षतिग्रस्त बनाएका छन् । भण्डारीले चलाएको गृह मन्त्रालयको बा.१झ ८३२८ नम्बरको गाडीले ठक्कर दिँदा समान्य प्रशासन मन्त्रालयको पर्खाल भत्किएको छ ।
मन्त्रीको निजी सचिव सरकारको उपसचिवसरहको कर्मचारी हो । उपसचिवले कानुनतः छुट्टै सरकारी गाडी पाउँदैनन् । तर, गृहमन्त्रीका निजी सचिव भण्डारीले मन्त्रालयको गाडी ‘पेवाजस्तै’ बनाएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।







