महिला पनि प्रधानसेनापति बन्ने पाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महिला पनि प्रधानसेनापति बन्ने पाउने


प्रशासन विशेष ब्युरो

१६ भाद्र २०७४, शुक्रबार


काठमाडौं । २ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्न सक्नेसम्म बाटो खुला भएको छ ।

२०७४ सालदेखि सैनिक कमान्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय भएसँगै महिलालाई प्रधानसेनापनि बन्ने बाटो खुलेको हो ।

नेपाली सेनामा स्टाफ कलेज उत्तीर्ण गर्न जटिल तथा चुनौतीपूर्ण छ । स्टाफ कलेज उत्तीर्णहरुले आन्तरिक तथा बाह्य सुरक्षा अवस्थाको मूल्यांकन गर्न, आन्तरिक योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि विकासमा भूमिका खेल्ने गर्छ ।

सैनिक संगठन निर्देशनालयका प्रमुख सेनानी इन्द्रकुमार रानाभाट महिला सैनिकलाई पुरुष अधिकृतसरह माथि जाने बाटो खुलेको बताउँछन् । सेनामा समावेशिता र महिला सहमागितालाई महत्व दिइएको छ । अब पुरुषसरह उच्च तहको नेतृत्व गर्न सक्ने आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस