१० मंसिरमा ३२ र २१ मंसिरमा ४५ जिल्लामा निर्वाचन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१० मंसिरमा ३२ र २१ मंसिरमा ४५ जिल्लामा निर्वाचन


प्रशासन विशेष ब्युरो

१५ भाद्र २०७४, बिहिबार


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका पहिलो चरण र दोस्रो चरणमा हुने निर्वाचनका जिल्लाहरु तय गरेको छ ।

मुलुकको भौगोलिक अनुकूलतासमेतलाई विचार गरी दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि प्रदेश/जिल्ला/निर्वाचन क्षेत्रहरू निर्वाचन आयोगले नै निर्धारण गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भएकाले हिमाली तथा उच्च पहाडी भागमा पर्ने ३२ जिल्लाहरूमा मंसिर १० गते पहिलो चरणमा र बाँकी ४५ जिल्लाहरूमा दोस्रो चरण मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।

सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, रूकुम (पूर्वी भाग) र रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मंसिरको १० गते नै निर्वाचन हुनेछ भने बाँकी जिल्लामा २१ गते हुनेछ ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस