२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीबाट १६ प्रजातिका जडीबुटी निकासी

अ+ अ-

म्याग्दी । पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३/७४ मा विभिन्न १६ प्रजातिका छ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ ।

जिल्लाका विभिन्न खर्क, जंगल र पाखोहरुबाट संकलन गरिएका पाँच हजार, ९८४ दशमलव सात किलो जडीबुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा रहेका सामुदायिक वनबाट शक्तिवद्र्धक एवं बहुमूल्य जडीबुटी निकासी गरिएको सहायक वन अधिकृत राजकुमार ठाकुरले बताए । “हरेक वर्ष निकासीमा वृद्धि भएको छ”, सहायक वन अधिकृत ठाकुरले भने । उनका अनुसार गैरकाष्ठ वन पैदावारमध्ये सबैभन्दा धेरै विषजरा एक हजार ५०० किलो, अल्लो एक हजार २०० किलो, भिरमह ६४० र नागबेली पाउडर ६०० किलो निकासी भएको छ ।

जिल्लाको माथिल्लो तथा उच्च पहाडी क्षेत्रबाट यार्सागुम्बा, निरमसी, सतुवा, पाँचऔँलेलगायतका जडीबुटी बाहिरिने गरेकामा यस वर्ष अपेक्षा गरेअनुसारको निकासी नभएको जिल्ला वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

गत आव पदमचाल ४५०, सतुवा ४४९, सुगन्धवाल तीन, साधारण च्याउ २८६, निरमसी २१७, कुटकी दुई, सिलाजित ५० किलो निकासी भएको छ ।

यसैगरी मैन ३०, अतिस २२, वनलसुन २०, लौठसल्ला १६ र यार्सागुम्बा ३ दशमलव ७ किलोमात्रै निकासी भएको वन कार्यालयले जनाएको छ । विभिन्न किसिमका कपडा बनाउन प्रयोग गरिने अल्लो पुवा एक हजार २०० सय किलो निकासी भएको छ ।

गत वर्ष निकासी भएका जडीबुटीबाट कुल दुई लाख ५२ हजार राजस्व संकलन भएको थियो । जडीबुटी संकलनका लागि न्यूनतम  पाँच हजारदेखि अधिकतम २५ हजारसम्म राजस्व तिर्नुपर्ने कानूनी प्रावधान रहेको छ । रासस

0 Comments