काठमाडौं । स्थानीय तहमा कर्मचारी खटाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मापदण्ड प्रस्ताव गरेको छ । कर्मचारीलाई स्थानीय तहमा जान बाध्य पार्ने गरी मन्त्रालयले सरुवा मापदण्डको मस्यौदा तयार पारेको हो । मापदण्ड १ असोजबाट लागू हुने मन्त्रालयले जनाएको छ ।
निजामती सेवा नियमावली, २०५० को तेह्रौँ संशोधनअनुसार मन्त्रालयले भदौमा कर्मचारीहरूको अन्तरमन्त्रालय सरुवा गर्नेछ । त्यसपछि असोजभित्र मन्त्रालयहरूले कर्मचारीलाई मन्त्रालयअन्तर्गतका निकायमा सरुवा गर्नेछ । मन्त्रालयले भदौमा सरुवा भएर आउने कर्मचारीलाई स्थानीय तहमा पठाउन सरुवा मापदण्डको मस्यौदा तयार पारेको हो ।
मन्त्रालयले उपसचिव, अधिकृत र राजपत्र अनंकृत कर्मचारीको छुट्टाछुट्टै सरुवा मोडल तयार गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।