क्षतिग्रस्त सडक–पुल पनि सेनालाइ नै जिम्मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

क्षतिग्रस्त सडक–पुल पनि सेनालाइ नै जिम्मा


प्रशासन विशेष ब्युरो

११ भाद्र २०७४, आइतबार


काठमाडौं । सरकारले प्रदेश २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनअगावै बाढीपहिरोबाट क्षतिग्रस्त सडक–पुल मर्मत तथा पुनर्निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने भएको छ ।

सुरक्षा तथा सहज आवतजावतका लागि सडक, ढल, कुलो र गोरेटो मर्मत तथा पुनर्निर्माण दु्रत गतिमा गर्न सेनालाई जिम्मा दिन लागिएको हो । सेनामार्फत ती क्षेत्रमा पुनर्निर्माण र मर्मतको काम सहज हुने बुझाइ सरकारको छ ।

सेनाले सरकारको निर्देशनअनुशार जिल्लाका निकायहरुसंग समन्वय गरी मर्मत गर्नेछ । अहिले कैयन् स्थानमा मर्मतमा संलग्न भएकोले पनि सबै क्षेत्रमा सेनालाई नै जिम्मा दिने प्रक्रिया अघि बढाइएको हो ।

सेना मार्फत काम गराउँदा निर्वाचनको सुरक्षा तथा काममा समेत सहज हुने विश्वास सरकारको छ । तराइमा हुने काम स्थानीय निकायले गर्दा ढिलाई हुने र अधिकांस काम कागजमा मात्र पूरा हुने विगतको अनुभवका आधारमा यस्तो निर्णयमा सरकारको पुगेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीको बताएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस