ट्रम्पलाई मलेसियाका प्रधानमन्त्रीले भेट्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्रम्पलाई मलेसियाका प्रधानमन्त्रीले भेट्ने


८ भाद्र २०७४, बिहिबार


वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिना मलेसियाका प्रधानमन्त्री नजिब रजाकलाई भेट्ने भएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबार दिएको जानकारीअनुसार उहाहरुका बीचमा ह्वाइट हाउस मै भेटबार्ता गर्ने कार्यक्रम तय भएको हो ।

आउदो सेक्टेम्बर १२ तारिखका दिन हुने भेटवार्तामा उनीहरुले दुई पक्षीय सम्बन्धलाई थप मजबुद र फराकिलो बनाउने बारेमा छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ ।

साझा क्षेत्रीय विषयमा सहकार्य गर्ने विषयमा पनि उनीहरुले गम्भीरतापूर्बक छलफल गर्ने ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । रासस÷सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस