१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षाउपयोगी विशेष श्रृंखला ३५

अ+ अ-

भूमिको वर्गिकरण (राष्ट्रिय भूउपयोग नीति, २०६९ अनुसार)

• कृषि क्षेत्र
• आवासीय क्षेत्र
• व्यवसायिक क्षेत्र
• औधोगिक क्षेत्र
• वन क्षेत्र
• सार्वजनिक उपयोगको क्षेत्र
• आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्रहरु

वस्तुगत प्रश्नहरु

१. लिमी उपत्यका कुन जिल्लामा पर्दछ ?
(क) गोरखा           (ख) हुम्ला           (ग) धादिङ           (घ) मुस्ताङ

२. “Miss Pink” कस्तो उपाधी हो ?

३. युगाण्डा नेपालले कुटनीतिक सम्वन्ध स्थापना गरेको कतिऔं देश हो ?

४. जर्मन बैज्ञानिकहरुले जलवायु परिवर्तनमैत्री इन्धन उत्पादन गर्न बनाएको हालसम्मकै ठूलो कृत्रिम सूर्यको नाम के रहेको
छ ?

५. What 4 letter English abbreviation would frighten a thief ?

सही उत्तरहरु:

१. (ख) हुम्ला

२. तेश्रो लिङ्गीहरुवीचको सुन्दरी प्रतियोगितामा विजयी

३. १४५औं

४. ऐनलाइट

५. OICU

छोटो प्रश्नोत्तर

१. नेपालमा कार्यरत वित्तीय संस्थाहरु के के हुन् ?
• केन्द्रीय बैकका रुपमा रहेको नेपाल राष्ट्र बैंक
• वाणिज्य बैंकहरु
• विकास बैंकहरु
• विमा कम्पनीहरु
• पुँजी वजार संचालनका लागि धितोपत्र वोर्ड र अन्य व्रोकरहरु
• गैरबैकिङ वित्तीय संस्थाहरु (लगानी कोष, सञ्चय कोष)
• सहकारी संस्थाहरु

२. संघीय शासनव्यवस्थाको प्रभावकारी कार्यान्वयनमा निजामती सेवाको भूमिका के हुनुपर्दछ ?
संघीय शासन व्यवस्था भनेको वहुस्तरीय शासन हो जसमा नागरिकको नजिकको शासकीय तहमा सेवा प्रवाह तथा विकास निर्माणको उचित व्यवस्था मार्फत साविकको भन्दा सुधारिएको अवस्थाको प्रत्याभूति हुने अनुमान गरिएको हुन्छ ।

मूलभूतरुपमा निजामती सेवाले संघीकरणलाई फलदायी बनाउन खेल्नुपर्ने भूमिका यसप्रकार उल्लेख गर्न सकिन्छ :

• कानुन निर्माणविना संघीय ढाँचाको शासनले पूर्णता नपाउने हुँदा मस्यौदा तयारीलाई गति दिने । बाँकी निर्वाचन सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिने ।
• तत्काल स्थानीय तहमा तथा प्रदेशको संरचना प्रष्ट भएपश्चात प्रदेश तहमा समेत कर्मचारी व्यवस्थापन गर्दा आवश्यकताअनुसार खटाउने वा खटिने प्रकृयामा सहभागी हुने ।
• नवनिर्वाचित जनप्रतिनिधिसँग निरन्तर साथमा रहेर आफ्नो अनुभव, विषय विज्ञता र स्थानीय परिवेश अनुसार विकास निर्माण र सुशासनको लागि कृयाशील रहने ।
• नैतिक मूल्य मान्यतामा आएको ह्रास तथा युवाहरुको पलायन रोक्नका लागि तत्काल कार्ययोजना वनाई कार्यान्वयनमा ल्याउने ।
• संघ, प्रदेश र स्थानीय तहवीचको अन्तरसम्वन्ध तथा समग्र राष्ट्रिय एकता एवं सामाजिक सद्भाव कायम गर्ने विषयलाई केन्द्रमा राखी आफ्नो भूमिकामा अरुको समेत विश्वास जित्ने ।
• सेवा प्रवाहलाई प्रभावकारी वनाउन तथा भोलिको लागि समेत काम लाग्ने गरी सूचना तथा तथ्यांक प्रणाली विकसित गर्न एवं विपद सम्वन्धमा पूर्व जानकारी प्रणाली Early Warning System समेतका लागिInformation and Communication Technology प्रयोगमा ल्याउने ।
• राजनीतिकरुपमा तटस्थ तथा सेवाग्राहीको दृष्टिमा निष्पक्ष भूमिका खेल्ने एवं पिँधमा रहेको वा पिछडिएको वा जोखिममा रहेका वर्ग समूहको सेवा सुविधा तथा आर्थिक सामाजिक रुपान्तरणका लागि निरन्तर प्रतिवद्ध तथा तम्तयार रहने ।

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३४ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

प्रतिक्रिया दिनुहोस