‘पदोन्नती गर्दा कर्मचारीको क्षमता विकास गर्न जरुरी’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘पदोन्नती गर्दा कर्मचारीको क्षमता विकास गर्न जरुरी’


प्रशासन विशेष ब्युरो

४ भाद्र २०७४, आइतबार


काठमाडौं । नेपालको निजामती प्रशासनमा तालिम र क्षमता विकासका अवसर न्यून छन् । कर्मचारीलाई दिइने तालिम पनि गुणस्तरीय छैनन्, अनि कसरी गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ त ? यो निजामती प्रशासनका लागि चुनौती बनेको छ ।

अर्काेतर्फ निजामती सेवा ऐनमा ज्येष्ठताका आधारमा कर्मचारी पदोन्नति गर्ने व्यवस्था छ । यसले गुणस्तरीय सेवा प्रवाहमा समस्या देखिएको छ ।

कर्मचारी पदोन्नती गर्दा क्षमता हेर्नु आवश्यक छ अर्थ मन्त्रालयका उपसचिव गगन बहादुर बिके भन्छन् -क्षमताबिनै पदोन्नतिको के अर्थ ? जेठो हुनु वा बढी भोटो फटाउनु भनेको क्षमतावान हुनु पक्कै होइन । त्यसैले निजामती सेवालाई प्रभावकारी बनाउन ज्येष्ठताका आधारमा गरिने बढुवा गर्ने व्यवस्था हटाउनु जरुरी छ ।

साथै कर्मचारी पदोन्नतीसँग उसलाई राज्यले सम्मान गर्नु आवश्यक छ । इन्डियामा पनि त्यस्तो छ जसले त्यहाँका आइएस अफिसरलाई स्वागत गर्ने गरेको छ । अहिले चैतन्य इन्स्च्यिुट अफ म्यानेजमेन्टले नवप्रवेशी कर्मचारीलाई स्वागत गर्ने गरेको छ । यसले साच्चै नै कर्मचारीको मनोबल बढाएको छ । यो राम्रो संस्कार हो बिकेले भने ।

चैतन्य इन्टिच्युट अफ म्यानेजमेन्टले आयोजना गरेको नवप्रवेशी उपसचिवहरुलाइ सम्मान तथा बधाइ कार्यक्रममा उपस्थित अधिकांस सहभागिहरुको भनाई थियो सरकारी सेवा प्रवेश गरी कार्यक्षेत्रमा खटिनुअघि अनुभव आदानप्रदानसंगै कसरी काम गर्ने भन्ने सम्बन्धमा अनुभवि कर्मचारीहरुबाट मार्गनिर्देशन हुन सके सेवा प्रवाहमा अझ निखारता ल्याउन मद्यत पुर्याउने बताएका थिए ।

कर्मचारीलाई क्षमतावान तथा स्किलफुल बनाउने भूमिका राज्यको हो । तर, राज्यले यसमा चासो दिएको छैन । यसतर्फ राज्यले गम्भीर रूपमा चासो दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस