नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर


३१ श्रावण २०७४, मंगलबार


काठमाडौं । नेपाल र चीनबीच तीन वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता पछि समझदारीमा हस्ताक्षर भएको हो ।

वाङ, गच्छदारका साथै उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौता÷समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । उक्त रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ ।

त्यसैगरी पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता भएको छ । जसका लागि सवा २ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउन वातावरण बनाउने सम्वन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।

यसका साथै भूकम्पपछि बन्द गरिएको तातोपानी नाका खोल्न चीन सकारात्मक भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस