चिनियाँ उपप्रधानमन्त्री काठमाडौँमा « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

चिनियाँ उपप्रधानमन्त्री काठमाडौँमा


प्रशासन विशेष ब्युरो

३० श्रावण २०७४, सोमबार


काठमाडौँ । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौं आइपुगेका छन् ।

नेपाल सरकारको निमन्त्रणामा २१ सदस्यीय टोलीसहित नेपाल आएका याङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले विमानस्थिल पुगेर स्वागत गरेका छन् ।

याङले राजनीतिक भेटघाटका साथै बसन्तपुरको नौतले दरबारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सोमबार पाकिस्तानको स्वतन्त्र दिवसको कार्यक्रममा सहभागी भई बी५२७३ विशेष विमानमार्फत काठमाडौं उत्रिएका याङको भ्रमण ६ वर्षपछिको चिनियाँ पक्षको उच्चस्तरीय भ्रमणको हो ।

उनले राष्ट्रपति, उपराष्ट्रपतिसहति उच्च राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका याङलाई चीनका राष्ट्रपति सी चिनफिङको विशेष दूतका रुपमा समेत हेरिएको छ ।

उपप्रधानमन्त्री वाङले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डलमा तीन जना सुरक्षा तथा मेडिकल स्टाफ सहित २१ जना छन्। टोलीमा चीनको राज्य परिषद्का उपमहासचिव जियाङ जेलिन, नेनिल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपमन्त्री वाङ सिआओताओ, वाणिज्य मन्त्रालयका उपमन्त्री तथा अन्तर्रा्ष्ट्रिय व्यापारम्बन्धी प्रतिनिधि यु जिआनहुवा समेत रहेका छन्।

विशेषगरी पुननिमार्णको सहयोगका लागि आउन लागिएकाले उनीसँग दुईपक्षीय भेटघाट भने उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारको नेतृत्वमा मंगलबार हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलबार नै उनले बसन्तपुरमा चिनियाँ सहयोगमा निर्माण हुन लागेको नौ तले दरबारको सिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ । यसका साथै उनले कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान एवं तालिम केन्द्रको भ्रमण पनि गर्नेछन् । उनी जुलाई १७ मा स्वदेश फर्किने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस