बाढीपहिरोमा नेपाली सेनाको उद्धार सक्रियता : पाँच हजारको उद्धार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बाढीपहिरोमा नेपाली सेनाको उद्धार सक्रियता : पाँच हजारको उद्धार


प्रशासन विशेष ब्युरो

३० श्रावण २०७४, सोमबार


काठमाडौं । विगत चार दिन देखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोबाट भएको धनजनको क्षती न्यूनीकरण, खोज, उद्धार तथा राहतका लागि नेपाली सेनाले स्थानीय प्रशासनसंगको सक्रियतामा खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

नेपाली सेनाको करीब साढे सात हजार जनाको उद्धार टोली सहित पाँचवटा हेलिकप्टर मार्फत हालसम्म ४५  सयको स्थलगत तथा एक हजार एक सय जनाको हवाइ उद्धार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

वर्षाका कारण २६ जिल्लाका अधिकांस भुभागमा भएको डुबानमा परि ८० जनाको मृत्यु भइ सकेको छ भने ठूलो धनजनको क्षति भएको छ । हजारौं घरबाट लाखौ मानिसहरु विस्थापित हुन पुगेका छन् ।

खोज तथा उद्धारकै क्रममा नेपाली सेनाले स्थानीय प्रशासनसँगको समन्वयमा देशको विभिन्न स्थानमा बाढी तथा पहिरोमा परेका व्यक्तिहरुलाई स्थल तथा हवाई मार्गबाट राहत वितरण गर्ने कार्य समेत गरिरहेको छ ।

 

हेर्नुहोस् फोटोः

 

 

 

 

प्रतिक्रिया दिनुहोस