कोशीमा बेपत्ता किशोर अझै फेला परेनन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोशीमा बेपत्ता किशोर अझै फेला परेनन्


११ श्रावण २०७४, बुधबार


राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा माछा मार्ने क्रममा कोशी नदीबाट बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् ।

दुई दिन अगाडि सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डललाई घर नजिकै पर्ने कोशी नदीमा माछा मार्ने क्रममा नदीले बगाएको थियो ।

यता बेपत्ता भएका ललनको इलाका प्रहरी कार्यालय, हनुमाननगर र जिल्ला प्रहरी कार्यालयबाट संयुक्तरुपमा खटिएको प्रहरीको टोलीले दुई दिनदेखि खोजी गरिरहेको भए पनि अझै फेला नपरेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस