दुर्घटनामा बीस घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुर्घटनामा बीस घाइते


१० श्रावण २०७४, मंगलबार


बस दुर्घटना

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकाको छहरामा दुईवटा माइक्रोबस ठोक्किएर मंगलबार भएको दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।

इलाका प्रहहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहका अनुसार काठमाडौँबाट चितवन जाँदै गरेको बा३ख ३८ नम्बरको माइक्रोबस र गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको बा१ज ५८७० नंम्बरको माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको छ भने अन्य घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि केही समय राजमार्ग अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त सवारीसाधन पाखा लगाएपछि राजमार्गमा सवारी आवागमन सञ्चालन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस