जुडो उपाध्यक्ष महर्जन सम्मानित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जुडो उपाध्यक्ष महर्जन सम्मानित


१० श्रावण २०७४, मंगलबार


काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जन सोमबार सम्मानित भएका छन् ।

महर्जनलाई उनी आफै अध्यक्ष रहेको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका साथै नेपाल दृष्टिविहीन कल्याण संघले थापाथलीमा संयुक्त सम्मान गरेको हो । पारा जुडो संघका उपाध्यक्ष धर्मकुमार श्रेष्ठ, महासचिव सुरजकुमार खोजु, कल्याण संघका अध्यक्ष कुमार थापालगायतका पदाधिकारीले महर्जनलाई सफल कार्याकालका लागि शुभकामना दिदै खादा र टीका लगाइ सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस