२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गीतकार काजीराजको ‘तर्कना’ गीति संग्रह सार्वजनिक

अ+ अ-

काठमाडौं । नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले गीतकार काजीराज शाक्यको ‘तर्कना’ गीति संग्रहको बिहीबार साँझ राजधानीमा लोकार्पण गरे ।

जीवनका भोगाइ, प्रेम, समर्पण र सामाजिक परिवेशलाई उजिल्याइएका १० वटा गीत यस एल्बममा संगृहीत छन् । गायक रबिन शर्मा, संगीता शाक्य थापा संगीता राना प्रधान, आनन्द कार्की, रामकृष्ण ढकाल, यम बराल, अञ्जु पन्त, निशा देसार, मिलन अमात्य र हरिशरण साय्मीले यसमा स्वर दिएका छन् ।

यस एल्बममा गीतकार स्वयं र अर्का संगीतकार हरिशरण साय्मीले संगीत भरेका छन् । विन्धवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको यो गीति संग्रहको मूल्य २५० रहेको छ ।

यो शाक्यको चौथो सांगीतिक कोशेली हो । यसअघि उनले ‘झंकार’, ‘बैसालु यौवन’ र ‘नौलो तरंग’ नामक गीति संग्रह नेपाली संगीत बजारमा ल्याइसकेका छन् । नेपाल भाषाको ‘निभाः लुईवं’ उनको पहिलो गीति संग्रह हो जुन वि.सं. २०५६ मा बजारमा आएको थियो ।

सो अवसरमा कुलपति श्रेष्ठले जीवनका तितामिठा भोगाइलाई गीतकारले उत्कृष्ट शब्द चयनबाट अभिव्यक्त गर्न सकेको भन्दै सर्जकको प्रशंसा गरे ।

विन्धवासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुवास रेग्मीले स्रष्टा र व्यवसायी ढुँगा र माटो जस्तै रहेको र आफ्नो कम्पनीले स्रष्टालाई थोरै भएपनि लेखकस्व प्रदान गर्ने जमर्को गर्दैआएको बताए ।

गीतकार शाक्यले अर्काको मनमा गुम्सिरहेका भावलाई आफ्नै भोगाइसँग जोडेर आफूले तर्कना गर्ने प्रयास गरेको विचार व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस