पछि हट्यो सरकार; ‘क्लिन फिड’ नीति तत्काल लागू नहुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछि हट्यो सरकार; ‘क्लिन फिड’ नीति तत्काल लागू नहुने


प्रशासन विशेष ब्युरो

३१ असार २०७४, शनिबार


काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारणमा साउन १ गतेदेखि ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) तत्काल लागू नहुने भएको छ ।

विज्ञापनरहित नीति, २०७३ मा उल्लेखित कतिपय कार्य सम्पादन गर्न बाँकी रहेको हुँदा तत्कालका लागि स्थगित गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकाल वताएका छन् ।

सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारण साउन १ गतेदेखि ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गर्न मन्त्रालयले यही साउन २९ गते सूचना जारी गरेको थियो ।

‘विदेशी प्रसारण संस्थाको कार्यक्रम विज्ञापनरहित भएमा मात्र लाउनलिंक अनुमति दिने र सोको नवीकरण गरिने भएकाले विज्ञापनरहित च्यानलको मात्र डाउनलिंक अनुमतिपत्र दिने तथा नवीकरण गराउने’ भनी साउन २९ गते मन्त्रालयले सूचना जारी गरेको थियो ।

नेपाल केबल टेलिभिजन महासंघ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपाललगायतका संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको (क्लीन फिड) नीति फिर्ता लिन माग गर्दै आएका छन् ।

ती सङ्घसंस्थाले ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गरे साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने चेतापनी समेत दिएका थिए। क्लिन फिड नीति–२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरीत रहेको ती सङ्घसंस्थाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस