महिलाले घर बनाए नक्सापासमा १० प्रतिशत छुट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महिलाले घर बनाए नक्सापासमा १० प्रतिशत छुट


प्रशासन विशेष ब्युरो

३१ असार २०७४, शनिबार


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नीति तथा कार्यक्रम तथा पारित गर्दै महिलालाई घर बनाउँदा नक्सापासमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

आज बसेको नगरसभाले नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख उद्धव खरेलले बताए ।

यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयस्रोतमा ७५ प्रतिशत छुट समेत गरिएको छ । नगर प्रमुख खरेलले समय अभावका कारण बजेट पारित गर्न नसकिएको बबताए ।

नगरले पूँजीगततर्फ रु ५२ करोड ९७ लाख ८६ हजार ६१० र चालुतर्फ रु १७ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरी फोहोर संकलनका लागि वडा नं. १० मा डस्टविन वितरण गरिएको छ । वडा अध्यक्ष नवराज भट्टराईले वडाका विभिन्न स्थानमा फोहोर संकलन गर्न स्थानीय महिला समूहलाई २५ थान डस्टबिन वितरण गरिएको समेत जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस