पोखरा–लेखनाथको बजेट चार अर्ब « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पोखरा–लेखनाथको बजेट चार अर्ब


२९ असार २०७४, बिहिबार


पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु चार अर्ब तीन करोड ८२ लाख ५३ हजार बजेट विनियोजन गरेको छ ।

कूल बजेटमध्ये सरकारबाट प्राप्त सशर्त र निःशर्त अनुदानबाट एक अर्ब ८२ करोड तथा महानगरको राजस्व र करबाट दुई अर्ब २१ करोड ८२ लाख ५३ हजार रहेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आजको नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै महानगरका सबै टोलका सडकमा सोलार बत्ती जडान गरी ‘हाम्रो नगर उज्यालो शहर’ अभियानलाई सफल पार्ने बताए । बर्सेनि विश्व ज्येष्ठ नागरिक दिवसका दिन महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरुषलाई महानगर माता र महानगर पिताका रुपमा सम्मान गरिने बताए ।

महानगरभित्रका ग्रामीण बस्तीमा ‘एक घर एक धारा’को व्यवस्था गर्नुका साथै व्यस्त क्षेत्र तथा सार्वजनिकस्थलमा धाराबाट सोझै पिउन मिल्ने शुद्ध पानीको व्यवस्था गर्न पहल गरिने जिसीले बताए ।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस