चट्याङ लागेर एक महिलाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चट्याङ लागेर एक महिलाको मृत्यु


२५ असार २०७४, आइतबार


राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका– २ मा आज चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय राजेन्द्र यादवको २३ वर्षीया श्रीमती पुनतीदेवी रहेको प्रहरी नायव उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । चट्याङ लागेर राजेन्द्र र उनकी ६२ वर्षीया आमा गुलियादेवी घाइते भएका छन् ।

घाइते दुवैजनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । खेतमा धानको बीउ उखल्ने क्रममा तीनैजनालाई चट्याङ लागेको हो । रासस

प्रतिक्रिया दिनुहोस