तीन सय उन्नाइस स्थानीय तहको नतिजा घोषित « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तीन सय उन्नाइस स्थानीय तहको नतिजा घोषित


२२ असार २०७४, बिहिबार


काठमाडौँ । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ११९ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।

सो निर्वाचन यही असार १४ गते तीन प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । अहिले सात जिल्लाका १५ स्थानीय तहमा मतगणना जारी छ ।

झापाका चार, मोरङका तीन, सुनसरी, उदयपुर र कञ्चनपुरका दुई दुई तथा रुपन्देही र कैलालीका एक एक स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना स्थगन नरहेको केन्द्रले जनाएको छ । बिहिबार अपराह्न ५ः४५ बजेसम्मको मतगणनानुसार नेकपा एमाले १४३, नेपाली काँग्रेस ११७, नेकपा माओवादी केन्द्र ३७, सङ्घीय समाजवादी फोरम नेपाल सात, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार तीन स्थानमा स्थानीय तहको प्रमुख/अध्यक्षमा निर्वाचित भएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस