दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान « प्रशासन
Logo १४ मंसिर २०७८, मंगलबार
   

दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान


१५ असार २०७४, बिहिबार


काठमाडौँ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको बुधबार सम्पन्न निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणानुसार प्रदेश नं. १ मा ७२.४९, प्रदेश नं. ५ मा ७५.३४ र प्रदेश नं. ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ ।

यसैगरी ती प्रदेशका ३३४ स्थानीय तहमध्ये बिहान ९ः३० बजेसम्म १६८ स्थानीय तहमा मतगणना सुरु भएको आयोगद्वारा यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा प्रदेश नं. १ का १३७ स्थानीय तहमध्ये १०८, प्रदेश नं. ५ का १०९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको उल्लेख छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस