काँग्रेस र एमालेले बाजुरामा खाता खोले « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काँग्रेस र एमालेले बाजुरामा खाता खोले


१५ असार २०७४, बिहिबार


भीमदत्तनगर । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका एक÷एक वडाध्यक्षमा विजयी भएका छन् ।

बडीमालिका नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्की ५४० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दिल विकले २८३ मत प्राप्त गरेका छन् । ८५७ मतदाता रहेको वडा नं. १ मा नेपाली काँग्रेस प्यानलसहित विजयी भएका नेपाली काँग्रेस बाजुराका पूर्वसचिव धनराज पण्डितले जानकारी दिए ।

बडीमालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

त्यसैगरी, बडीमालिका नगरपालिका–२ मा नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर महत २४२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकाका वडाध्यक्षका उम्मेदवार गोपाल कार्की ६ मतले पराजित भए । उनले २३६ मत प्राप्त गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस