दोश्रो चरणमा स्थानीय चुनाव हुने प्रदेश र जिल्लाहरु
निर्वाचन सम्पन्न हुने मिति : २०७४ असार १४ गते बुधवार
दोश्रो चरणमा निर्वाचन हुने स्थान स् प्रदेश नं. १, ५ र ७ का गरी देहायका ३५ जिल्लाहरु
जिल्लाहरु : प्रदेश १: ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, सोलुखुम्वु, ओखलढुंगा, खोटाङ, उदयपुर
प्रदेश ५: पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी (दाउन्नेपश्चिम), कपिलवस्तु, रोल्पा, रुकुम, सल्यान, जाजरकोट, दाङ, बाँके, बर्दिया
प्रदेश नं. ७: बाजुरा बझाङ अछाम डोटी दार्चुला वैतडी डडेलधुरा कैलाली कञ्चनपुर
नोट: प्रदेश ३, ४ र ६ का गरी ३४ जिल्लामा गत वैशाख ३१ मा चुनाव सम्पन्न भएको छ भने प्रदेश २ अन्तर्गतका ८ जिल्लामा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय नेपाल सरकारले गरेको छ ।
वस्तुगत प्रश्नहरु
१. दिइएको श्रेणीमा क्रममा आउने संख्या कुन हो ?
२, ६, १४, ३०, ६२, १२६, ?
(क) २६० (क) १५४ (ग) २५४ (घ) २५६
२. वौद्धमार्गीले प्रयोग गर्ने मानेमा के लेखिएको हुन्छ ?
३. विश्वका देशहरुलाई विकसित, विकासोन्मुख र अतिकमविकसित भनेर वर्गिकरण गर्ने अवधारणा अघि सार्ने को हुन् ?
४. सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोग सुशासनको कुन आयामसँग सम्वन्धित छ ?
(क) राजनैतिक (क) आर्थिक (ग) व्यवस्थापकीय (घ) नैतिक
५. अड्डातन्त्र (Bureaucracy) शव्दको प्रथम प्रयोगकर्ता भिन्सेन्ट डि गोर्ने हुन् भने व्याख्यता भनेर कसलाई चिनिन्छ ?
सही उत्तरहरु:
१. (ग) २५४ (दोव्वरमा २ जोड्दै जाने)
२. ॐ मणि पद्मो हुम
३. Harry S Trueman (USA)
४. (ग) व्यवस्थापकीय
५. म्याक्स बेबर
छोटो प्रश्नोत्तर
१. अनुगमन र मूल्यांकनका प्रमुख भिन्नताहरु उल्लेख गर्नुहोस् ?
अनुगमन र मूल्याकंन कुनै पनि कामलाई व्यवहारमा उतारीसकेपछि त्यसको लेखाजोखा गर्ने, गल्ति सुधार्ने सन्दर्भमा प्रयोग हुने व्यवस्थापकीय कार्य हुन् । यी दुई वीचका फरक बुझ्नका लागि देहायका वुँदाहरु उपयोगी हुने देखिन्छ :
अनुगमन
♦ निर्माण चरण र संचालन चरणमा प्रयोगमा आउने
♦ समयतालिका, लगानी, प्रकृया र प्रतिफलसँग प्रत्यक्षरुपमा सम्वन्धित
♦ साधरणतया कार्यान्वयन गर्ने निकाय वा सम्वद्ध पदाधिकारीबाट गरिने ।
♦ विकास व्यवस्थापनको महत्वपूर्ण चरण ।
♦ कार्यक्रम अन्तरगत के भयो, कहिले भयो र किन भयो सँग सम्वन्धित ।
मूल्यांकन
♦ छनौट चरणदेखि संचालनपछिका चरणसम्म पनि प्रयोगमा आउने
♦ आगामी चरणमा वा भावी दिनहरुमा सुधारका लागि लक्षित ।
♦ विगतबाट पाठ सिक्ने कार्यमुखी व्यवस्थापकीय औजार ।
♦ साधरणतया स्वतन्त्र व्यक्ति वा निकायबाट सम्पादन हुने ।
♦ कार्यक्रमबाट के फरक पर्यो भनेर हेरिने ।
२. व्यवस्थापन सूचना प्रणालीका सिद्धान्तहरु के के हुन् ?
व्यवस्थाकीय कार्यहरुमा सूचना तथा तथ्यांकको व्यवस्थित प्रयोगलाई व्यवस्थापन सूचना प्रणाली Management Information System भनिन्छ । व्यवस्थापन सूचना प्रणालीलाई अर्थपूर्ण र प्रभावकारी बनाउनका लागि प्रयोग भएका मान्यता नै यसका सिद्धान्त हुन् । ती सिद्धान्तहरु प्रमुखरुपमा यसप्रकार रहेका छन् :
♦ कार्यसम्पादन दक्षतामा बढोत्तरी
♦ सूचनामा आधारित निर्णय निर्माण
♦ एकिकृत सूचना व्यवस्थापन
♦ प्रयोगकर्ता र सेवाग्राहीसँगको सम्वन्ध
♦ पारदर्शिता प्रवरर्द्धन
♦ सूचनामा पहुँच र संवेदनशील सूचनाको संरक्षण
♦ नेटवर्कमार्फत सूचनामा सिनर्जीको सृजना
लोकसेवा सम्बन्धि थप बस्तुगत र छोटा प्रश्नोत्तर
नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि २७ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक