पत्रकार खेम भण्डारी प्रहरीद्धारा पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्रकार खेम भण्डारी प्रहरीद्धारा पक्राउ


प्रशासन विशेष ब्युरो

३ असार २०७४, शनिबार


काठमाडौं । पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका सम्पादक भण्डारीलाई शनिवार दिउँसो कार्यालयबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक महेन्द्र पाण्डेको नेतृत्वमा गएको प्रहरी टोलीले केही सार्वजनिक अपराध कसुरको अनुसन्धानको शिलशिलामा पक्राउ गर्नु पर्ने भएको भन्ने व्यहोरा उल्लेख गरिएको पक्राउ पुर्जी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही दिन अघि प्रहरीले पक्राउ गरेका दुइ युवतीको बारेमा मानसखण्ड दैनिकमा प्रकाशित भएको समाचारको विषयलाई लिएर सार्वजनिक अपमान भएको भन्दै क्षतिपुर्ति भराइ पाउँ भनि आएको उजुरीको अनुसन्धानको सिलसिलामा सम्पादक भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्ष भीम दाहालले बताए ।

समाचारमा उल्लेखित युवती मध्ये एक जनाको इन्गेजमेन्ट नै रोकियो भन्ने उजुरी अभिभावकबाट आएपछि केही सार्वजनिक अपराध र सजाय ऐन २०२७ को दफा २ को उपदफा ८(ञ) अनुशार उजुरी दर्ता भएको डिएसपी दाहालले बताए ।

लामो समय पत्रकारितामा रहेका भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् । भण्डारी पक्राउ परेको समाचार पछि सामाजिक सञ्जालहरुमा समाचार लेखिएकै भरमा पत्रकार पक्रिएको भन्दै चर्को बिरोध हुनुका साथै प्रहरीको आलोचना भएको छ ।

 

प्रतिक्रिया दिनुहोस