चुनाव सारे दुर्घटना हुने निर्वाचन आयोगको चेतावनी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चुनाव सारे दुर्घटना हुने निर्वाचन आयोगको चेतावनी


प्रशासन विशेष ब्युरो

१ असार २०७४, बिहिबार


काठमाडौं । २ र ५ नम्बर प्रदेशको निर्वाचनको मिति सार्ने सत्तारुढ दलको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

आयोगले चुनाव सारेमा राजनीतिक चुनावी दुर्घटना आउने चेतावनी समेत दिएको छ।

सरकार तथा सत्तारुढ कांग्रेस÷माओवादी केन्द्रसँगको छलफलमा निर्वाचन आयोगले अव स्थानीय तहको निर्वाचन सार्न नसकिने स्पष्ट पारेको हो ।

राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन तराई÷मधेशका केही जिल्लामा स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने तयारी गरिरहेको जानकारी गराउँदै मिति सार्दा के होला ? भनेर निर्वाचन आयोगसँग सोधेको प्रश्नमा आयोगका पदाधिकारीहरुले अव छिटै प्रदेश सभा र संसदको समेत निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले अव निर्वाचन सार्न नसकिने सुझाव दिएका थिए ।

स्थानीय तहको निर्वाचन अव पनि सारे ‘पोलिटिकल इलेक्ट्रोरल डिजाष्टर’ हुने चेतावनी निर्वाचन आयोगले दिएको छ । अब निर्वाचनको तिथि मिति सार्न नसकिने अडान निर्वाचन आयोगले राखेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले मधेशका जनता निर्वाचनको पूर्ण पक्षमा रहेकाले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न कुनै कठिनाई नरहेको दावी गर्दै आएको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि शुक्रबार उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस