राष्ट्रपति भण्डारी जेनेभा प्रस्थान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारी जेनेभा प्रस्थान


३० जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरिन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री कृष्णबहादुर महराले विदाई गरेका थिए । मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, उच्च सरकारी अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक निकायका प्रतिनिधिले राष्टपति भण्डारीलाई विदाई गरेका थिए । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत् अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा. विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी छन् । राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्किने छिन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस