२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आकांक्षी बढी भएपछि दलहरूलाई उम्मेदवार तय गर्न सकस

अ+ अ-

लहान । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा एमाले बाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेको छैन ।

उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी मनोनयन दर्ता गराउने समय चार दिनमात्र बाँकी रहँदा पनि अधिकांश दलहरूलाई उम्मेवार तय गर्न सकस भएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टीलगायतका दलहरूले उम्मेदवार तयका लागि अन्तिम तयारी गरिरहेको जनाएका छन् ।

यता एमालेले भने जिल्लाको धनगढीमाई नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाबाहेक सबै नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरी प्रचारप्रसारलाई तीव्र बनाएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवले जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवार टुङ्गो लागिसकेको र अबको केही दिनभित्रै सबै उम्मेदवारको नाम सार्वजनिक गरिने बताए ।

माओवादी केन्द्रले पनि जिल्लाका अधिकांश गाउँपालिका तथा नगरपालिकाको उम्मेवार टुङ्गो लागिसकेको जनाएको छ । माओवादी नेता तथा पोलिटब्युरो सदस्य हरिनारायण चौधरीले पार्टीले धेरैजसो गाउँपालिका तथा नगरपालिकाको टुङ्गो लगाएको र टुङ्गो लगाउन बाँकी रहेको स्थानीय तहको उम्मेदवार पनि असार १ अघि नै टुङ्गो लगाउने जानकारी दिए ।

यस्तै सङ्घीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बादवप्रसाद यादवले अहिले उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले पार्टीभित्र उम्मेदवार छनोटबारे गृहकार्य भइरहेकाले चाँडै उम्मेवादर टुङ्गो लाग्ने बताए ।

यता एमाले सिरहाका अध्यक्ष प्रमोद यादवका अनुसार एमालेले लहान नगरपालिकाकाको प्रमुखमा मुनी साह, गोलबजार नगारपालिकाको प्रमुखमा श्याम श्रेष्ठ, मिर्चैया नगरपालिकाको प्रमुखमा प्रदीप महासेठ र सुखीपुर नगरपालिकाको प्रमुखमा रामअवतार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी कल्याणपुर नगरपालिकाको प्रमुखमा रामपुकार साह, सिरहा नगरपालिकाको प्रमुखमा डा. नवीन यादवलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने धनगढीमाई नगरपालिका र बडियारपट्टी गाउँपालिकाको उम्मेदवार प्रदेश समितिले टोली बनाई पछि निर्णय गर्ने एमाले सिरहा अध्यक्ष यादवले बताए ।

सिरहाको सात नगरपालिका र १० गाउँपालिकामा ४२६ वटा मतदान केन्द्र तय गरिएको छ भने भने तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस