लैंगिक समानताका लागि पाँच मिनेट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

लैंगिक समानताका लागि पाँच मिनेट


प्रशासन विशेष ब्युरो

२२ जेष्ठ २०७४, सोमबार


काठमाडौं । एन्टेना फाउण्डेशन नेपालले लैंगिक समानतामा आधारित “पाँच मिनेट” नामक भिडियो सार्वजनिक गरेको छ ।

ललितपुरमा आयोजित एक समारोहकाबीच सोमबार सार्वजनिक गरेको चेतनामुलक भिडियोमा समाजमा विद्यमान लैंगिक विभेदको अन्य हुनुपर्ने सन्देश समावेश गरिएको छ ।

“घरका महिला सदस्यहरुले गर्ने काम भनेर छुट्याइएका अर्थात अपेक्षा राखिएका कार्यहरु रियालिटी शोको माध्यमबाट पुरुष पात्रहरुद्धारा गराई लैगिक विभेद सम्बन्धी परम्परागत मान्यतालाई तोड्दै लैंगिक समानतालाई बढावा दिनु” भिडियोको उद्येश्य रहेको एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक सतिश जंग शाही बताउँछन् ।

एन्टेना फाउण्डेशन नेपालद्धारा निर्मित उक्त भिडियोमा नेपालका प्रख्यात पाँच जना गायकह हेमन्त शर्मा, कमल खत्री, प्रमोद खरेल, धर्मेन्द्र सेवान र विजय लामाको भूमिका देख्न सकिन्छ भने आम संचार तथा गायन क्षेत्रका बरिष्ठ व्यक्तित्व राजेन्द्र प्रसाद (रविन) शर्माले प्रस्तोताको भुमिका निर्वाह गरेका छन् ।

व्यवहार परिवर्तन गर्ने तथा समाजमा चेतना फैलाउने कार्यका साथै मिडियासम्बन्धी वकालत र पैरवी गर्ने तथा क्षमता अभिबृद्धि गर्ने कार्यहरु गर्दै आएको एन्टेना फाउण्डेशन नेपाल एक गैर नाफामूलक संस्था हो ।

भिडियोः 

Tags :
प्रतिक्रिया दिनुहोस