एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का


१५ जेष्ठ २०७४, सोमबार


कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताएका छन् ।

नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको विकास गर्नका लागि अनिवार्य रुपमा पहिलो चरणमा हरियाली रास्कोटका लागि अघि बढ्ने बताएका हुन् ।

जिल्लाका विभिन्न निकायमा पहल गरेर आगामी तीनदेखि पाँच वर्षभित्र हरियाली रास्कोट बनेर छाड्ने बताएका छन् । उनले भने– ‘‘अहिले ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणका क्रममा थालेको वृक्षरोपण कार्यक्रमले स्थानीयस्तरमा प्रभाव कायम गरेको भन्दै जिल्ला वन कार्यालयलगायतका निकायसँग पहल गर्नेछु ।’’

उहाँले हरियाली रास्कोटमा सबैले साथ दिने विश्वास गरेका छन् । यदि कसैले अटेर गरेमा सरकारी अनुदानसमेत रोक्का गनै सकिने बताए ।

रास्कोटमा पहिलो चरणमा नगरबस सञ्चालनमा ल्याउने, एक सय वाट क्षमताको सामुदायिक रेडियो सञ्चालन गर्ने र एक किलोवाट विद्युत्समेत उत्पादन गर्ने योजना रहेको बरालले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस