मतगणनास्थल कब्जामा लिने प्रयास भएको भन्दै मतगणना अनिश्चित कालसम्म स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मतगणनास्थल कब्जामा लिने प्रयास भएको भन्दै मतगणना अनिश्चित कालसम्म स्थगित


प्रशासन विशेष ब्युरो

१५ जेष्ठ २०७४, सोमबार


भरतपुर । चितवन निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल नै कब्जामा लिने प्रयास गरिएको भन्दै मतगणना अनिश्चित कालसम्मका लागि स्थगित भएको जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतगणनास्थलमा रहेका प्रतिनिधिबाट मतपत्र रहेको स्थलमा प्रवेश गरी मतपत्र च्यात्ने र मतगणनास्थल आफ्नो कब्जामा लिने सम्मका कार्य गरी असमान्य अवस्थाको सिर्जना भई मतगणना कार्य लगातार गरिराख्न नसकिने अवस्था परेकोले सो मतगणना कार्य स्थगित गर्नुपरेको विज्ञप्तीमा जनाएको छ ।

अर्को सूचना जारी नभएसम्म मतगणना स्थगित रहने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस