३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ–मुग्लिन सडकखण्डमा क्यान्टिलिभरको काम सुरु

अ+ अ-

चितवन । नारायणगढ– मुग्लिन सडकखण्ड विस्तारका क्रममा भित्तो काट्न कठिन भएपछि केही क्षेत्रमा क्यान्टिलिभरको काम सुरु गरिएको छ ।

सडकभन्दा बाहिर टप निकालेर सडक चौडा हुने संरचनालाई क्यान्टिलिभर भनिन्छ । मुग्लिन बजारबाट १ दशमलब ५ किमीदेखि दुई किमी नारायणगढतर्फ क्षेत्रमा छ ठाउँमा क्यान्टिलिभर पद्धतिबाट सडक चौडा गरिने भएको छ । सबै क्षेत्रमा गरी एक सय ९० मि लामो सडकमा क्यान्टिलिभर गरिँदैछ । सो क्षेत्रमा हाल सडक ५ दशमलब ५ मि मात्रै चौडा छ । सो सडकलाई ९ मि चौडा गरिँदैछ । अग्लो पहरो र साँघुरो सडक भएकाले काममा कठिन भएपछि क्यान्टिलिभर पद्धति प्रयोग गरिएको हो ।

नारायणढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार सो पद्धतिबाट थप ५ दशमलब ५ फि सडक चौडा गर्न लागिएको हो । साँघुरो सडक भएकाले टप निकाल्नका लागि निर्माण गरिने स्ल्याब अन्यत्र बनाएर ल्याउनुपर्ने भएको छ । सोका लागि रड काट्ने र फर्मा बनाउने काम भइरहेको खनालले बताए ।

तीन मिटर लम्बाइ र तीन मिटर चौडाइका आरसिसी स्ल्याब बनाइँदैछ । सोको मोटाइ ३० सेमीदेखि ६० सेमीसम्म रहेको छ । स्ल्याबको एकातर्फको भाग सडक बाहिर ५ दशमलब ५ फि टप बनेर बस्छ भने अर्कातर्फको भागलाई खनेर सिमेन्टले जमाइन्छ । त्यसमाथि ढलान गरिने छ ।

नेपालमा यति फराकिलो क्यान्टिलिभर पद्धतिबाट सडक चौडा गर्न लागिएको यो पहिलो भएको खनालले बताए । यसअघि देशका विभिन्न सडक खण्डमा थोरै चौडा पार्न क्यान्टिलिभर पद्धति अपनाइएको उनले बताए । “जुन पद्धति हामीले अहिले प्रयोग गर्दैछौं, यो नेपालका लागि नयाँ हो”, खनालले भने ।

सो क्षेत्रमा ५८ मिटर अग्लो ठाउँबाट पहरो काट्नुपर्ने अवस्था छ । क्यान्टिलिभरबाट सडक चौडा गरिएपछि करिब १४ मि उचाइबाट पहरो काटेर सडक चौडा गर्न सकिने आयोजनाले जनाएको छ । सो सडक खण्डको तेस्रो खण्ड अर्थात् सो क्षेत्रमा भित्तो काटेर दुई सय १० मिटर सडक चौडा गर्न बाँकी तथा दोस्रो खण्ड अर्थात् सडक खण्डको बीच भागमा पाँचसय मिटर सडक चौडा गर्न बाँकी छ ।

दोस्रो खण्डमा ४४ मिमाथिबाट पहरो काट्ने काम भइरहेको छ । पहिलो खण्ड अर्थात् नारायणगढतर्फको भागमा भने भित्तो काट्ने काम छैन । उक्त खण्डमा कालोपत्रेको काम सुरु भइसकेको खनालले बताए । हालसम्म ४८ प्रतिशत काम मात्र सम्पन्न भएको छ । भूकम्प, नाकाबन्दीलगायत कारण काममा ढिलाइ भएको भन्दै समय थप गरिएको छ । आउँदो पुस मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस