काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर विजयी


प्रशासन विशेष ब्युरो

१४ जेष्ठ २०७४, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै शाक्य विजयी भएका हुन् ।

शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाए ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भएकी छिन्। उनले २३ हजार ४३९ मत पाएकी छन् भने साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।

कांग्रेसले हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भएकी छिन्। उनले ५८ हजार ९५२ मत पाएकी छिन् भने निकटतम् प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस