Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संघीय गठवन्धनले गर्यो दोस्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा


१२ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । शुक्रबार बसेको गठवन्धनको बैठकले दोस्रो चरणको निर्वाचनमा भाग नलिएर अवरोध गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मधेश आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा मुद्दा खारेजी नभएको भन्दै गठबन्धनले लामो सङ्घर्ष र सयौँ पटकका वार्ताबाट पनि समस्याको समाधान नभएको ठहर गरेको छ । सङ्घीय गठबन्धनले उठाएका २६ बुँदे, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका ११ बुँदे तथा सरकारले मधेसी मोर्चा/गठबन्धनसँग गरेको तीन बुँदे समझदारी अझै पनि कार्यान्वयन नभएको जनाएको छ ।

गठबन्धनले संसदमा रहेका छ पार्टीको एकीकृत पार्टी राष्ट्रिय जनता पार्टी नेपाल लगायत निर्वाचन आयोगमा दर्ता भएका अन्य राजनीतिक दललाई समेत दर्ता प्रक्रियामा सहभागी नगराएको र निर्वाचन चिन्ह प्रदान नगरेकामा आपत्ति प्रकट गरेको छ ।

जारी विज्ञप्तिअनुसार गठबन्धनले उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्ष्यित गर्दै जेठ १८ र १९ दुई दिन तराई, मधेसमा हड्ताल आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस