पोखरा महानगरको वडा नं. २८ मा एमाले विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखरा महानगरको वडा नं. २८ मा एमाले विजयी


१२ जेष्ठ २०७४, शुक्रबार


पोखरा । पोखरा–लेखनाथ महानगरपालिका वडा नं. २८ मा एमालेको प्यानलै विजयी भएको छ ।

वडा नं. २८ को वडाध्यक्षमा नेकपा एमालेका निर्मल दियाली सुनारले एक हजार ५२५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विकास लामा गुरुङले एक हजार ४४८ मत ल्याएका थिए ।

त्यस्तै, महिला सदस्यमा अम्बिका बुढाथोकी, दलित महिला सदस्यमा कल्पना परियार, खुला सदस्यहरुमा बैनबहादुर क्षेत्री र विष्णुप्रसाद तिवारी निर्वाचित भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस