परीक्षाउपयोगी विशेष श्रृंखला २२ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

परीक्षाउपयोगी विशेष श्रृंखला २२


१० जेष्ठ २०७४, बुधबार


सञ्चार सीप सम्वन्धी केही मननीय भनाईहरु

• We have two ears and one mouth so that we can listen twice as much as we speak. (Epictetus)

• Clear accounting maintains friendship. (Nicaraguan Proverb)

• When the only tool is hammer, we tend to see all problems as nails. (African Proverb)

• Questioning is the door of knowledge. (Irish Proverb)

If you talk to a man in a language he understands, that goes to his head. If you talk to him in his language, that goes to his heart. (Nelson Mandela)

• If I have to speak for ten minutes, I need a week for preparation, if fifteen minutes three days, if half hour two days, if an hour I am ready now. (Woodrow Wildson)

 

वस्तुगत प्रश्नहरु

१. नेपाल सरकारको सचिवस्तरको प्रमुख नरहने निकाय तलकामध्ये कुन हो  ?
(क) राष्ट्रिय  सतर्कता केन्द्र                   (ख) केन्द्रिय तहसिल कार्यालय                      (ग) सार्वजनिक खरिद अनूगमन कार्यालय                       (घ) माथिका सवै

२. पुकन्थली र कछारे गरी २ उपजात हुने जाति कुन हो  ?

३. हान विन लि भन्ने विद्वानले कसमा हुनुपर्ने गुणहरुका सम्वन्धमा सुझाएका छन्  ?

४.  ३ + ८ =  ३३ ,     ६  +  ६ =  ३६ भए ९ +  ५  =  ?

५. नेपालमा स्वास्थ्य विमा प्रणाली लागू गरिएको पहिलो जिल्ला कुन हो  ?
(क) रुपन्देही          (ख) सुनसरी           (ग) मकवानपुर           (घ) कैलाली

 

सही उत्तरहरु:

१. (ख) केन्द्रिय तहसिल कार्यालय
२. चेपाङ
३. विकास प्रशासक
४. ४२ (दुइटा संख्याको जोडफलको तेव्वर)
५. (घ) कैलाली

 

छोटो प्रश्नोत्तर

१. कर्मचारीततन्त्रउपर लागेका मूलभूत आरोपहरु के के हुन् ? उल्लेख गर्नुहोस् ।

कर्मचारीतन्त्र स्थायी र कानुनी संयन्त्रका रुपमा अवलम्वन गरिएको भएतापनि यसउपर विभिन्न आरोपहरु लगाई विकल्पहरु समेत सुझाइएको पाइन्छ । प्रमुखरुपमा कर्मचारीतन्त्र विरुद्ध लागेका लान्छनाहरु यसप्रकार रहेका छन्:
• नियम कानुन र कार्यविधिमा अत्यधिक निर्भरताका कारण काममा विलम्व र स्रोतसाधनको अपव्यय हुने (Low efficiency)
• परिणाममा भन्दा प्रकृयामा जोड दिइनुले सेवाग्राहीमा वितृष्णा जाग्ने संभावना (Process orientation)
• नियन्त्रण र आदेशमुखी कार्यप्रणाली (Control Orientation)
• गतिशीलता र सरकारवाहेकका पात्रहरुसँग अन्तरकृयाको अभाव
• परिवर्तनको प्रतिरोध र विरोध एवं परिवर्तनबाट हुने जोखिमसँग डराएर पलायन हुने प्रवृत्ती
• मितव्ययिता, दक्षता, व्यवसायिकता, प्रभावकारिता जस्ता व्यवस्थापकीय मूल्य मान्यताको उपेक्षा
• अनुमान गर्न सकिने र नियमित कामका लागि मात्र उपयोगी देखिने
• काम विग्रदा जिम्मेवारी लिने र सप्रदा सवैलाई जस दिने गुणको अभाव । अर्थात सामूहिक र व्यक्तिगत जवाफदेहिताको निकै कमजोर प्रावधान ।
• आफ्नो आकार र वर्चस्व वढाउँदै जाने प्रवृत्ति ।  (Empire building)
• समन्वय, सहकार्य र सहभावनाको कमजोर अवस्था

 

२. प्रजनन स्वास्थ्यका चार “अति” र यसमा पर्ने नौ भागहरुको परिचय दिनुहोस् ।

महिलाको हक हीतसँग सम्वन्धित विभिन्न विषयहरुमध्ये प्रजनन स्वास्थ्यसम्वन्धी हक पनि एक हो । नेपालको अन्तरिम संविधान, २०६३ को धारा २० अन्तर्गत उल्लेख भएका महिलाका हकहरुमध्ये एउटा संवेदनशील र महत्वपूर्ण हकका रुपमा प्रजनन स्वास्थ्य सम्वन्धी हक पर्दछ । धारा २० को उपधारा २ मा प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजनन सम्वन्धी हक हुनेछ भनेर उल्लेख गरिएको छ । यसरी नागरिकको मौलिक अधिकारका रुपमा स्थापित गरेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई राज्यको दायित्वको रुपमा लिएको देखिन्छ । यसै अनुरुप नेपाल सरकारले अवलम्वन गरेका नीति तथा कार्यक्रमहरु पनि प्रजनन स्वास्थ्यमैत्री वन्दै गएका छन् । प्रजनन स्वास्थ्य सेवामा महिलाको अधिकार स्थापित गर्न निःशुल्क प्रसुति सेवा, परिवार नियोजन, गर्भपतन सेवा र पाठेघर खस्ने रोगको रोकथाम र उपचारमा महिलाको पहुँच सुरक्षित होस् भन्ने हेतुले यी सेवाहरुलाई विस्तार गर्दै लैजाने सरकारी नीति रहेको पाइन्छ । सरकारी निकायबाट मात्र यी सेवाहरुको प्रचारप्रसार र प्रयोग हुन सम्भव छैन । के कस्ता सेवाहरु प्राप्त छन्, के कस्ता जोखिमहरु छन् र के कस्ता समाधानका उपाय अवलम्वन गर्न सकिन्छ भन्ने सम्वन्धमा प्रजनन उमेर समूह (१५—४९) का महिलाहरु सजग, सचेत, सुसुचित हुनु आवस्यक पर्दछ ।

प्रजनन उमेर भन्नाले महिलाहरुको हकमा १५ देखि ४९ वर्षवीचको अवधि वुझिन्छ ।

प्रजनन स्वास्थ्य सम्वन्धमा चार अतिहरु:

यसमा चारवटा जोखिमपूर्ण व्यवहारहरु पर्दछन् :
१. अतिछिटो वा कलिलो उमेरमा विवाह गर्नु (१८ वर्षभन्दा कम)
२. अति ढिलो विवाह (३५ वर्षभन्दा वढी)
३. अति धेरै वच्चा (चार वा सो भन्दा वढी) जन्माउनु
४. अति छोटो जन्मान्तर (२४ महिनाभन्दा कम)

प्रजनन स्वास्थ्यमा पर्ने नौ भागहरु यसप्रकार रहेका छन् जसको समग्र असलपनले मात्र प्रजनन स्वास्थ्यमा सुधार भएको संकेत गर्दछ:
• परिवार नियोजन
• सुरक्षित मातृत्व
• नवजात शिसु स्याहार
• गर्भपतनका जटिलताहरुको रोकथाम र उपचार
• जननेन्द्रीयको संक्रमण/यौनरोग तथा एचआइभि एड्स
• बाँझोपनको रोकथाम र उपचार
• किशोरावस्थामा प्रजनन स्वास्थ्य
• उमेर ढल्केका, स्कुल जाने उमेरका केटाकेटी र वयस्क महिलाको स्वास्थ्य समस्याहरु
• लैंगिकतामा आधारित हिंशा

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि २२सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस