‘आयोगलाई थप जिम्मेवारी आएको’– प्रमुख निर्वाचन आयुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘आयोगलाई थप जिम्मेवारी आएको’– प्रमुख निर्वाचन आयुक्त


९ जेष्ठ २०७४, मंगलबार


विराटनगर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले स्थानीय तहको सङ्ख्या बढाउने निर्णयले आयोगमाथि थप जिम्मेवारी आएको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार भेटघाटमा उनले आयोगको प्राविधिकसहितको बैठकले यस विषयमा गहन रुपमा छलफल गरी समस्यालाई एक सातामा समाधान गर्ने प्रतिबद्धता प्रकट गरे ।

उनले स्थानीय तहको सङ्ख्या बढेकाले मतदाता नामावली, मतदाता परिचयपत्रका साथै अन्य सामग्रीको व्यवस्थापनका लागि आयोगसक्षम अर्को काम थपिएको जानकारी गराए । पत्रकारको जिज्ञासामा उनले दोस्रो चरणको निर्वाचनमा राजपालाई ‘छाता’ चुनाव चिह्न दिन नसकिने स्पष्ट पारे । उनले दोस्रो चरणको मतगणना छिटो गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिइएको जानकारी गराए ।

उनले जेठ १५ गते हुने बजेट भाषणका लागि आयोगको आचारसंहितानुकूल नै बजेट ल्याउन सरकारलाई पत्राचार गरी ध्यानाकर्षण गराइएको र आयोगसहित विभिन्न राजनीतिक दलको सामूहिक बैठकमा सो प्रतिबद्धता प्रकट पनि गरिएको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस