आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न दिएन्ः डा. भट्टराई « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न दिएन्ः डा. भट्टराई


९ जेष्ठ २०७४, मंगलबार


भीमदत्तनगर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न नदिएको बताएका हुन् ।

कञ्चनपुरको भीमदत्तनगरमा सोमबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनाव चिन्ह नदिएर नयाँ शक्तिलाई सिध्याउन एम्बुस थापिएको बताए ।

संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचनको मुखमा सत्ताधारी दलहरु आफ्नो पार्टीविरुद्ध लागेको आरोप लगाउँदै छोटो अवधीमा चुनावको तयारी गर्न नसकिएको धारणा व्यक्त गरे ।

चुनाव चिह्न नपाएकै कारण अन्य दलसित तालमेल गरेर निर्वाचनमा होमिनुपरेको उल्लेख गर्दै उनले भने– ‘हामीले निर्वाचन जितेको नगर र गाउँपालिकामा योजनाबद्ध विकासका लहर ल्याउनेछौं ।’

संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचन राजनीतिको नयाँ प्रस्थान बिन्दु भएको बताउँदै देशलाई समृद्ध बनाउनका लागि नयाँ शक्ति पार्टी स्थापना भएको जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस