चन्द्रागिरि नगरपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चन्द्रागिरि नगरपालिकामा काँग्रेस विजयी


८ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले १३ हजार ३०९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रह्लाद कार्कीले १० हजार ४२१ मत प्राप्त गरे । उपप्रमुखमा एमालेका लीसा नकर्मीले ११ हजार ८३४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्रावती श्रेष्ठले ११ हजार २३८ मत प्राप्त गरे ।

कुल १५ वडा रहेको नगरपालिकामा कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । विजयीलाई बुधबार एक कार्यक्रमबीच ग्रहण गराइने प्रमुख निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस