ललितपुर महानगरमा काँग्रेस र कामनपामा एमालेको अग्रता कायमै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ललितपुर महानगरमा काँग्रेस र कामनपामा एमालेको अग्रता कायमै


प्रशासन विशेष ब्युरो

५ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले १२ हजार ९२७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ११ हजार ५५८ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै काठमाडौ महानगरपालिकामा आज साँझ १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) को अग्रता कायमै छ ।

प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य १२ हजार ६८३ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार ७३१ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले पाँच हजार ६१ मत र साझा पार्टीका किशोर थापाले तीन हजार ९०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार ५७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले छ हजार ७०३ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिएका छन् । काठमाडौं महानगरपालिकामा हालसम्म ३८ हजार १८५ मतगणना भएको छ ।

प्रतिक्रिया दिनुहोस