भरतपुरमा रेणु दाहालले लिइन् अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुरमा रेणु दाहालले लिइन् अग्रता


प्रशासन विशेष ब्युरो

५ जेष्ठ २०७४, शुक्रबार


चितवन । भरतपुर महानगरको जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् ।

भरतपुरको वडा नम्बर ६ को मतले रेणुलाई अग्रता दिलाएकी हुन् । भरतपुरको मेयरमा कांग्रेसले माओबादी केन्द्रलाई समर्थन गरेको थियो । त्यसैगरी, उपमेयरमा काँग्रेसबाट उम्मेदवार बनेकी पार्वती शाहले एमाले उम्मेदवार दिव्य आचार्यलाई झण्डै तीन हजार मतले उछिनेकी छिन्।

Tags :
प्रतिक्रिया दिनुहोस