गङ्गाजमुनाको गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गङ्गाजमुनाको गाउँपालिकामा एमाले विजयी


४ जेष्ठ २०७४, बिहिबार


धादिङ । धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बलबहादुर अधिकारीले तीन हजार ३५६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी काँग्रेसका अक्लबहादुर तामाङले तीन हजार १८० मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार एन्जिला तामाङ तीन हजार ५२२ मत ल्याइ विजयी भए । उनको निकटतम प्रतिद्वन्दी काँग्रेसका दुर्गा दाहालले तीन हजार १२८ मत प्राप्त गरेका थिए । १४ हजार १५७ मतदाता रहेको गङ्गाजमुना गाउँपालिकामा नौ हजार ७६५ ले मतदान गरेका थिए ।

सात वडा रहेको गङ्गाजमुना गाउँपालिकाको निर्वाचित वडाध्यक्षमा वडा नं. १ मा नेकपा माओवादी केन्द्रका यमबहादुर तामाङ, २ मा काँग्रेसका फैसिह तामाङ, ३ मा काँगे्रसका विजयकुमार तामाङ, ४ मा काँग्रेसका हरिराम श्रेष्ठ, ५ मा नेकपा एमालेका रामचन्द्र अधिकारी, ६ मा नेकपा एमालेका भक्तबहादुर लामीछाने र ७ मा नेकपा एमालेका बाबुराम न्यौपाने निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस