गोरखाको चुमनुब्री गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गोरखाको चुमनुब्री गाउँपालिकामा काँग्रेस विजयी


२ जेष्ठ २०७४, मंगलबार


गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुण्डुप लामालाई हराउँदै गुरुङ गाउँपालिका प्रमुखमा विजयी भएका हुन् ।

गुरुङले एक हजार २५३ मत ल्याउनुभएको हो भने लामाले एक हजार १८५ मत ल्याउनुभएको निर्वाचन अधिकृत हरिहर दाहालले जानकारी दिए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी कुमारी गुरुङ विजयी भएका हुन् । गुरुङले एक हजार २८५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी छेवाङ लामाले ९८८ मत ल्याएका हुन् ।

चुमनुब्री गाउँपालिकाको सामागाउँ, ल्हो, बिही, छेकम्पार वडा काँग्रेसले जितेको छ । यस्तै प्रोक, चुम्चेत र सिर्दिवास वडा नेकपा माओवादी केन्द्रले जितेको छ । कुल मतदाता तीन हजार ८६९ रहेको चुमनुब्रीमा दुई हजार ९०० मत खसेको थियो ।

गोरखामा काँग्रेस अगाडि

दुई नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखाको स्थानीय तहमा मतगणना तीव्ररुपमा भइरहेको छ । आज साँझसम्म नेपाली काँग्रेसले एक गाउँपालिकासहित १७ वडामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ९ वडा, एमालेले ६ र नयाँ शक्तिले २ वडामा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस